News Portal

पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगिँदै

फरकपोस्ट संवाददाताबैशाख २७ काठमाण्डाैं
१४९ पटक
बैशाख २७ काठमाण्डाैं

भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा आजै पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आज बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाँडलाई काठमाडौं प्रहरी परिसर टेकुले प्रारम्भिक बयानपछि म्याद थपका लागि जिल्ला अदालत लगेको बताइएकाे छ ।

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतका आरोपितहरूले बयानका क्रममा पूर्वमन्त्री खाँडको समेत नाम जाेडेपछि खाँण पनि प्रकरणमा तानिएका थिए । उनलाई अनुसन्धानकाे लागि भन्दै  प्रहरीले  पक्राउ गरेको हो ।

खाँणले आफू गृहमन्त्री भएपछि पाण्डेलाई गृहसचिव बनाएका थिए । यस प्रकरणमा पाण्डेसहित दश जनालाई प्रहरीले प्रमाणसहित पक्राउ गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्