News Portal

आरजुले राणाले दिइन् साइबर ब्युरोमा उजुरी

फरकपोस्ट संवाददाताबैशाख २७ काठमाडौं
८८४ पटक
बैशाख २७ काठमाडौं

कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै उनले उजुरी दिएकी हुन् ।

बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा लिखित उजुरी दिँदै उनले अडिओको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि यथाशीघ्र कारबाहीको माग गरेकी हुन् ।

‘विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् ? उक्त अडिओबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस्,’ उजुरीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्