
दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परि २८ जना घाइते भएका छन् । बिहान ६ बजेर २० मिनेटकाे सयममा लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा एक आपसमा ठोक्किएका थिए ।
लमहीबाट भालुवाङ तर्फ जाँदै गरेको बसको गती तिव्र भएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन कुमार गौतमले जानकारी दिएका छन् । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ निवासी ४२ बर्षीया शोभा परियार रहेको गौतमले बताए । घाइतेहरुको विवरण संकलन भई रहेकाले थप विवरण क्रमश: आउने जानकारी दिए ।
घाईते मध्ये गम्भीर अवस्था रहेका १२ जनाको उपचारको लागि अन्यत्र रिफर गरिएको छ भने बाँकीको लमहीमा उपचार भई रहेको छ । गम्भीर अवस्था रहेका मध्ये ३ जनालाई घोराही, २ जनालाई नेपालगञ्ज र ७ जनालाई भैरहवा रेफर गरिएको छ ।