News Portal

स्वर्गद्वारी दर्शनकाे लागि जाँदै गरेकाे कार दुर्घटना हुँदा ३ जना घाइते थप विवरण आउँदै..

जीवन हमाल जेठ ५ स्वर्गद्वारी
४०१० पटक
जेठ ५ स्वर्गद्वारी

प्यूठानकाे स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेकाे बा २१ च ५४०७ नम्बरकाे  कार भिङग्रीकाेट भन्ने ठाउँमा दुर्घटना  भएकाे छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् भने दुई जना  सामान्य घाइते भएका छन् । कारमा एकै घरका ५ जना सवार रहेका थिए ।

स्वर्गद्वारी दर्शनकाे लागि आएका रुपन्देही जिल्ला वुटवल ८ सुख्खा नगरका  ५८ वर्षीय शिव गाैतम, ५५ वर्षीय माया गाैतम, ३० वर्षीय अच्युत गाैतम, २० वर्षीय प्रज्ञा शर्मा र १८ वर्षिय प्रशंसा शर्मा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परि घाइते भएका तीन जनालाई उपचारकाे लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङग्रीमा लगिएकाे प्रहरीले जनाएकाे छ । प्राथमिक स्वास्थय केन्द्र भिंग्रीका मेडिकल अधिकृत माेदिता खत्रिले घाइतेहरुकाे अवस्था जाेखिमरहति रहेकाले तत्काल बाहिर लैजानुपर्ने अवस्था नभएकाे बताएका छन । दुर्घटनामा परेका शिव गाैतम र माया गाैतमकाे अवस्था भने सामान्य रहेकाे छ ।

घुम्तीमा माेड नपुगेर कार दुर्घटना भएकाे चालकले बताएका छन् । गाडी माथिकाे घुम्तीबाट १५ मिटर तल्लाे घुम्तीमा खसेकाे छ । गाडीमा ५० प्रतिशत भन्दा बढी क्षति पुगेकाे  प्रहरीले बताएकाे  छ । कार बिहान साढे एघार बजेतिर दुर्घटना भएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्