News Portal

शान्ति श्री परियार र अमित सुनारकाे आवाजमा ‘पात बजाउँदै’ सार्वजनिक

फरकपोस्ट संवाददाताजेठ ७ काठमाण्डाैं
१४३२ पटक
जेठ ७ काठमाण्डाैं

गायक अमित सुनारले ‘पात बजाउँदै’बोलको गीत सार्वजनिक गरेका छन् ।

गायक एवं माेडल अमित सुनार र गायिका शान्तिश्री परियारको आवाजमा नयाँ गीत ‘पात बजाउँदै’ सार्वजनिक भएकाे छ । गीतमा शब्द सृजना गीतकार विक्रमबाबु विश्‍वकर्माले गरेका छन भने संगीत नन्दु परियारले सृजना गरेका हुन् । ​​

गीतमा अमितले नै  हुकलाइन बनाएका छन । एचबिएन किस्मतकाे संगीत संयाेजन एवं ध्वनी सम्पादन रहेकाे यस गीतकाे रेकर्डिङ वान डिवी स्टुडियाेमा गरिएकाे हाे ।

म्युजिक भिडियाेकाे मुख्य भूमिकामा गायक अमित नै प्रस्तुत भएका छन् । साथमा आभा थापा, विजया विश्वकर्मा र सुवर्ण दुलालको लगायतका कलाकारहरुकाे अभिनय म्युजिक भिडियाेमा देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई छायांकन र निर्देशन सुनिल.बि.कले गरेका हुन् ।  निर्देशक सुनिलले यस म्युजिक भिडियाेलाई फरक तरिकाले प्रस्तुत गरेका छन् ।  म्युजिक भिडियाेकाे सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

हामीले याे समाचार तयार पार्दासम्मकाे समयमा  भिडियोले युट्युबमा २ लाख २० हजार बढी पटक हरिएकाे छ । गीतलाई अधिकांश सकारात्मक प्रतिक्रियाहरू प्राप्त भएका छन् ।

अमित सुनार अफिसियल युट्युब च्यानलमा याे गीत हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्