News Portal

जंगलमा लागेको आगाे बस्तीमा पस्दा दुईजना घाइते १९ घर गोठ जलेर नष्ट

फरकपोस्ट संवाददाताजेठ ८ स्वर्गद्वारी
२२२ पटक
जेठ ८ स्वर्गद्वारी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ धनबाङकाे जङ्गलमा लागेको आगो अनियन्त्रित भएर बस्तीमा पस्दा ११ वटा घर र ८ गाेठ पूर्णरुपमा जलेर नष्ट भएका छन ।

आगलागीमा परेर ७६ वर्षीय बिर बहादुर बिक र पिमा परियार घाइते भएका छन् । शारिरिक रुपमा अशक्त रहेका बिरबहादुर घरमा आराम गरिरहेका थिए” आगाे सल्किदै बस्तीमा प्रवेश गरेपछि उनकाे फुसले छाएकाे घरमा आगो सल्किएर उनलाई पाेलेकाे थियाे ।  स्थानीयले बिक घरमै रहेकाे थाहापाएपछि उद्दार गरेका थिए । घाइते बिरबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिए पनि उनकाे उपचार त्यहाँ संभव नहुने भएपछि पाल्पा रिफर गरेकाे बताइएकाे छ भने अर्का घाइते पिमाकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।

आगाेले स्थानीय शेर बहादुर सुनारकाे १ घर, सवरी सुनारकाे १ घर, पिमा परियारकाे १ घर र १ गाेठ, विष्णी परियारकाे १ घर, हस्त बहादुर राेकाकाे १ घर, मिना घर्तीकाे १ घर, ओम बहादुर घर्तीकाे १ घर, गमति घर्तीकाे १ घर, दिपक पुनकाे  १ घर १ गाेठ, कमन राेका १ घर १ गाेठ, शुसिला बिक १ घर १ गाेठ, निमा बिककाे १ गाेठ, प्रकाश घर्तीकाे १ गाेठ, लाल बहादुर रानाकाे २ गाेठ र दिलमाया राेकाकाे १ गाेठ र १ वटा बाख्रा खाेर जलेर नष्ट भएकाे छ ।

आगलागीमा परेर स्थानीय  मिलन राेकाका जंगलमा चराउन लगेका १० वटा बाख्रा पनि जलेर मरेका छन् । आगाेले स्कुलमा लगिएकाे खानेपानीकाे पाइप समेत जलेर नष्ट भएकाे छ ।

गत शनिवार रातीदेखी लागेको आगो शुक्रवार दिउँसो सम्ममा लगभग नियन्त्रणमा आइसकेको थियो तर पछिबाट पुन: आगो एक्कासि  गाउँमा छिरेकाे स्थानीयले बताए । जंगल हुदै आगाे बस्तीमा सल्किन थालेपछि स्थानीय आंतकित बनेका थिए ।

नेपाल प्रहरी नेपाल आर्मी र स्थानीयकाे सक्रियतामा आगाे साेमवार बिहान करिब ४ बजेतिर मात्र नियन्त्रणमा लिएको अस्थाई प्रहरी पाेष्ट अडेवासका असई टाेपराज गिरीले जानकारी दिए ।

स्यानीय भन्छन्” अन्य गाउँ ठाउँकाे जङ्गलमा आगो लागिरहेकाे खबर सुन्नमा आएपनि यहाँकाे जंगलमा विगत २५/३० वर्षदेखि आगो लागेको थिएन” आगाे नियन्त्रणमा ल्याउन समय लाग्दा मानवीय क्षति नभए पनि ठुलाे वातारणीय र भाैतिक क्षति भएकाे यसै वडाका वडा अध्यक्ष बुद्धिराम पुनले बताए । अध्यक्ष पुन आगलागी भएकै गाउँकाे स्थानीय समेत हुन ।

आगाे कसले र किन लगाएकाे हाे भन्ने विषयमा अनुसन्धान हुन सकेकाे छैन । क्षतिकाे पूर्णविरण आउन बाँकी

प्रतिकृया दिनुहोस्