News Portal

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

फरकपोस्ट संवाददाताजेठ १० काठमाण्डाैं
४१९ पटक
जेठ १० काठमाण्डाैं

काठमाडौं उपत्यकामा भाेलि सार्वजनिक बिदा हुने भएकाे छ । भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार  सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन रहिआएकाे छ ।

प्रतिकृया दिनुहोस्