News Portal

विक्रमबाबुकाे शब्द र अभियनमा ‘अचार आँपैकाे’ सार्वजनिक

फरकपोस्ट संवाददाताजेठ १२ काठमाण्डाैं
७१७ पटक
जेठ १२ काठमाण्डाैं

सर्जक विक्रम बाबु विश्‍वकर्माले आफ्नै शब्द र अभिनयमा ‘अचार आँपैकाे’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा दिपक दर्लामी मगर र विष्णु मगरले स्वर दिएका छन् । गीतमा थेगाे दिपक दर्लामी मगरकै रहेकाे छ भने शब्द संयाेजन  विक्रम आफैंले गरेका छन् । गीतमा शिवा कनाैजे मगरकाे संगीत रहेकाे छ ।  विश्‍वास नेपालकाे संगीत संयाेजन कुमार रानाकाे ध्वनी सम्पादन रहेकाे यस गीतकाे रेकर्ड मारुनी  स्टुडियाेमा गरिएकाे हाे ।

म्युजिक भिडियाेकाे मुख्य भूमिकामा सर्जक विक्रम बाबु विश्‍वकर्मा, यसु भट्टराई, सुवास दुलाल, शिवन जि क्षेत्री, अनिल सुनार र संगीता सुनार लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

म्युजिक भिडियोलाई  निर्देशन र सम्पादन ईश्‍वर बाबुले गरेका हुन् ।  म्युजिक भिडियाेकाे छायांकन करण चैसियरले गरेका हुन् ।

भिडियाेलाई B3 Official Yotube Channel मार्फत सार्वजनिक गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्