News Portal

लोकप्रिय गायिका जमुना सनमको ‘नाग नागीन’ सार्वजनिक

फरकपोस्ट संवाददाताजेठ १२ काठमाडौं
१६८५ पटक
जेठ १२ काठमाडौं

लोकप्रिय गायिका जमुना सनम र लोकप्रिय गायक एवं सर्जक बसन्त थापाको आवाजमा रहेको लोक दोहोरी गीत ‘नाग नागीन’ सार्वजनिक भएको छ ।

गीतको शब्द, संगीत सृजना र संगीत संयोजन राजु सुनामले गरेका छन् । एचबिएन किस्मतको ध्वनि सम्पादन रहेको यस गीतको रेकर्डिङ वान डिबी स्टुडियोमा गरिएको हो ।

म्युजिक भिडियोको मुख्य भूमिकामा लोकप्रिय मोडल विना विश्वकर्मा र सुधिर श्रेष्ठ प्रस्तुत भएका छन् ।

काजिश श्रेष्ठको निर्देशन, अजय रेग्मीको छायांकन तथा दिपक बिष्टको सम्पादनमा म्युजिक भिडियो तयार पारिएको हो ।

सर्जकले दुई प्रेम जोडीलाई ‘नाग नागीन’को रुपमा प्रस्तुत गरेर गीतको सृजना गरेका छन् ।

म्युजिक भिडियो सनम क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्