News Portal

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

फरकपोस्ट संवाददाताजेठ १८ काठमाण्डाैं
२६३ पटक
जेठ १८ काठमाण्डाैं

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। नयाँदिल्लीको हैदराबाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता चलिरहेकाे छ ।

द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । यसअघि प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए ।

चारदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डसँग बुधबार साँझ मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले भेट गरी नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने औपचारिक वार्ताका एजेन्डा र भारतको सुरक्षाचासोबारे जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्