News Portal

प्रचण्डको गेरुबस्त्र भौतिकवादी दृष्टिकोणको टाट पल्टाइ हो : लेखनाथ न्यौपाने

फरकपोस्ट संवाददाता
४७४ पटक

माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य लेखनाथ न्यौपानेले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा गेरुबस्र लगाएर पाठपूजा गर्नु भौतिकवादको टाट पल्टाई भएको बताएका छन् ।

आज उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीको भारत भ्रमण लक्षीत स्टाटस लेख्दै भनेका छन्, गेरुबस्त्र लगाएर योजनाबद्ध पुजापाठ गर्नु, वर मग्नु, दान चढाउनु र पुजारीको पाउ समातेर पुण्य प्राप्त गरेको ठान्नु सामान्य धार्मिक कुटनैतिक विषय होइन, भौतिकवादी दृष्टिकोणको टाट पल्टाइ हो ।

मोदीले कम्युनिस्ट नेताहरुलाई नाङ्गै बनाएको देख्दा यस्तो नरमाइलो लाग्यो कि सायदै जिन्दगीमा यस्तो अनुभुति भएको थियो भन्दै प्रश्न गरेका छन् ।

आफ्नो देशमा भौतिकवादी ठहरिने र पशुपतिनाथको समेत भ्रमण नगर्ने भारतमा गेरुबस्त्र नै लगाएर पूजापाठ गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्