जीवन हमालजेठ २९ प्यूठान

प्यूठानकाे स्वर्गद्वारी दुर्घटनामा परेका ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका ८ जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजादै गर्दा बाटाेमा नै मृत्यु भइसकेकाे प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताइन् ।
मन्दिरको दर्शन गरेर फर्किदै गरेकाे लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
कार माथिल्लाे घुम्तीबाट तल्लाे घुम्तीमा करिब ३५ मिटर तल झरेकाे थियो । कार पूर्णरुपमा क्षतिग्रस भएकाे प्रहरीले बताएकाे छ ।
कार दुर्घटना साढे दुई बजेकाे समयमा दुर्घटना भएकाे थियाे ।
कारमा २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । मृतकहरुकाे पहिचान हुदै गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।