
प्युठानकाे स्वर्गद्वारीमा भएकाे कार दुर्घटनामा मृत्यु भएका ८ जनाकाे पहिचान खुलेकाे छ ।
कारमा २ महिला २ पुरुष र ४ बालबालिका गरी ८ जना सवार रहेका थिए । मृत्यु हुनेहरुमा दाङ्ग जिल्ला तुल्सीपुर उपमहानगरपालिका – १५ का वर्ष ३५ कि सरिता शर्मा पोख्रेल, निजको छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ को विकाश पोख्रेल, दाङ्ग जिल्ला लमही नगरपालिका -५ बस्ने वर्ष ४९ को सवारी चालक तारा बहादुर कुमाल, दाङ्ग जिल्ला लमही नगरपालिका ७ वस्ने वर्ष ४० का गोविन्द शाह, निजको श्रीमती वर्ष ३० कि राधा नेपाली र निजको छोरा वर्ष ९ को आदित्य शाह रहेका छन । दुर्घटनामा परेका १ जना बालकको अझै पहिचान नभएकाे प्रहरीले बताएकाे छ ।
दुर्घटनामा परि गम्भिर घाइते भएका ८ जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजादै गर्दा बाटाेमा नै मृत्यु भइसकेकाे प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताइन् ।
कार सडकको माथिल्लो घुम्तीबाट पल्टिएर तल्लो घुम्तीमा पुगेको थियो । उनीहरु सवै कारमा चापिएका थिए । कार झन्डै ५० मिटर तल खसेर छेदविच्छेद अवस्था रहेकाे थियाे ।
मन्दिरको दर्शन गरेर फर्किदै गरेकाे लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
कार साढे दुई बजेकाे समयमा दुर्घटना भएकाे बताइएकाे छ ।