News Portal

बसन्त विश्‍वकर्माकाे पृथक सृजना ‘झुमा’ सार्वजनिक भएसंगै चर्चामा

फरकपोस्ट संवाददाताजेठ ३० काठमाण्डाैं
१७९७ पटक
जेठ ३० काठमाण्डाैं

नेपाली समुदायमा व्याप्त रहेको कुरितीका विरुद्धमा गायक, सर्जक  बसन्त विश्वकर्माले सशक्त सन्देश सहितको ‘झुमा’ नामक बोलको गीत सार्वजनिक गरेका छन् ।

विश्‍वकर्माले गीतकाे शब्द संगीत र भिडियाे मार्फत सुदुर पश्‍चिम क्षेत्रको ‘काटाबच्छे’ सस्कृतिको चित्रण गरेका छन् ।

बाध्यतावश विहे गर्नुपरेको पिडा र परस्त्रीसँगको सम्वन्धका कारण जीवनमा आईपर्ने विविध समस्याका विषय यस गीतले  उठान गरेकाे छ ।

गीतमा बसन्त विश्‍वकर्मा र अहिलेकी चर्चित गायिका शान्ति श्री परियारले स्वर दिएका छन् ।  गीतकाे शब्द संगीत पनि विश्‍वकर्मा आफैंले सृजना गरेका हुन् ।

कृष्ण बिक ‘भान्जा’ काे संगीत संयाेजन श्यामश्‍वेत रसाइलीकाे मिक्सिङ्ग मास्टरिङ्ग रहेकाे यस गीतकाे रेकर्डिङ्ग प्रिज्म स्टुडियाेमा गरिएकाे हाे भने रेकर्ड गाेविन्द अनेक र कमल थापाले गरेका हुन् ।

गीतकाे  भिडियोमा विश्‍वकर्मासँगै सनिशा भट्टराई र टिकटकर जुना विश्‍वकर्मा सहितकाे टिमकाे अभियनय देख्न सकिन्छ ।

विश्‍वकर्माका यसअघिका गीतहरु कुखुराकाे भाले, भन के गरौँ, रेलीमई, भागुम मायालु, साईली लगायतका गीत दर्शक श्राेताकाे माझ सर्वाधिक प्रिय रहेका छन् ।

गीत सार्वजनिक भएसंगै दर्शक श्राेताकाे सकारात्मक प्रतिक्रिया पाइरहेकाे छ । हामीले याे समाचार तयार पार्दसम्म गीतले सार्वजनिक भएकाे एक दिनमा करिव एक लाख पटक हेरिसकिएकाे छ ।

गीतले दर्शक श्राेताकाे सकारात्म प्रतिक्रिया पाइरहदाँ गीत गायक, सर्जक एवं माेडल बसन्तले आफू निकै उत्साहित रहेकाे हामीलाई बताए ।

विश्वकर्माले आफ्नै युट्युव च्यालन मार्फत सोमबार ‘झुमा’ सार्वजनिक गरेका हुन् ।

प्रतिकृया दिनुहोस्