News Portal

बमबहादुर कार्की र विष्णु खत्रीले गरे नयाँ संस्था दर्ता, नाम र लोगो सार्वजनिक

फरकपोस्ट संवाददाता
१५७९ पटक

वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्की र लोकप्रिय गायक, सर्जक विष्णु खत्रीले नयाँ संस्था स्थापना गरेका छन् ।

गायक खत्रीले संस्थाको लोगो फेसबुकमार्फत शुक्रबार सार्वजनिक गर्दै ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नाम गरेको नयाँ संस्था औपचारिक रुपमा दर्ता गरेर अगाडि बढिसकेको  बताए ।

संस्थाको दर्ता भइसकेकाले कार्यसमिति गठनलाई पनि केही दिनमै टुङ्गाएर संस्थालाई पूर्णता दिने खत्रीले बताए ।

नेपाली संगीत र संस्कृति क्षेत्रका अग्रज देखि अनुजसम्मका व्यक्तिहरुलाई समेटेर नयाँ र फरक ढंगबाट अघि बढ्ने तयारीमा आफूहरु लागिपरेको खत्रीले बताए ।

संस्थामा गायक कार्की सहितका वरिष्ठ एवं दिग्गज संगीतकर्मी, संस्कृतिकर्मीहरुको नेतृत्वदायी भूमिका रहने खत्रीले बताए ।

‘संस्था दर्ता प्रक्रियालाई टुङ्गो लगाएर संस्थाको नाम र लोगो सार्वजनिक गरेको हो,’ गायक खत्रीले भने, ‘कार्यसमिति गठन भएको छैन, ’ हामी केही दिनमै संगीत र संस्कृति क्षेत्रका सबै पक्षसंगको सहभागीता र सहकार्य सहितको बलियो र सक्षम कार्यसमिति सहित आउछाैं ।

प्रतिकृया दिनुहोस्