News Portal

हेमन्त शर्मा र अनु चौधरीको आवाजमा ‘माया त भगवान हो’

फरकपोस्ट संवाददाताजेठ ४ काठमाडौं
१५९६ पटक
जेठ ४ काठमाडौं

सदाबहार लोकप्रिय गायक हेमन्त शर्मा र पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरीको स्वरमा प्रेमील गीत ‘माया त भगवान हो’ सार्वजनिक भएको छ ।

गीत शब्द संगीत हेमन्त शर्मालेनै सृजना गरेका हुन । किरण सुनारको संगीत संयोजन गरेको यस गीतको रेकर्डिङ गोविन्द अनेक र कमल थापाले गरेका हुन् । श्यामश्वेत रसाइलीले गीतको मिक्सिङ्ग गरेका हुन भने रेकर्ड प्रिज्म स्टुडियोमा गरिएको हो ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको छ । निकेश खड्काको निर्देशन, दिनेश पराजुलीको छायांकन, विकास धमलाको सम्पादनमा म्युजिक भिडियो तयार पारिएको छ ।

गीतले माया गर्ने जोडीहरुको मनमाैजी प्रेमलाई प्रतिनिधित्व गरेको छ । ‘दुनियाँ खुसी छ धन सम्पत्ति कार हामी खुसी छम आफ्नै आफ्नो प्यारमा’ गीतको हुक लाइनले यस्तो बोलेको छ ।

प्रतिकृया दिनुहोस्