News Portal

लोकप्रिय गायक विक्रम परियारको आवाजमा ‘अन्त नभने’ सार्वजनिक

फरकपोस्ट संवाददाताअसार ४ काठमाडौं
७८५ पटक
असार ४ काठमाडौं

लोकप्रिय गायक विक्रम परियार र गायिका गरिमा कार्कीको आवाजमा बिल्कुलै नयाँ लोक दोहोरी गीत ‘अन्त नभने’ सार्वजनिक भएको छ ।

गीत शब्द सृजना लोकप्रिय गीतकार नेत्र अर्यालले गरेका छन् भने संगीत पछिल्लो समयका व्यस्त संगीतकार नन्दु परिवारले सृजना गरेका छन् ।

कृष्ण भान्जाले संगीत संयोजन, गोविन्द अनेकले रेकर्डिङ र श्यामश्वेत रसाइलीले मिक्सिङ्ग गरेको यस गीतको  रेकर्ड प्रिज्म स्टुडियोमा गरिएको हो ।

म्युजिक भिडियोमा सागर लम्साल ‘बले’ र गीता ढुंगानाको नृत्य रहेको छ । काजिस श्रेष्ठको निर्देशन, नवराज उप्रेतीको छायांकन, दिपक विष्टको सम्पादनमा म्युजिक भिडियो तयार पारिएको छ ।

गीतले माया बस्दै गरेका नव प्रेम जोडीको महसुसलाई व्यक्त गरेको छ । ‘अन्त नभने मुसुक्कै हासिदेउ माया छ भने’ गीत भिडियो विक्रम परियार अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्