News Portal

हेमन्त र प्रेमाको धौलागिरी क्षेत्रमा प्रचलित भाका ‘मयालाई’ सार्वजनिक

फरकपोस्ट संवाददाताअसार ५ काठमाडौं
१४१६ पटक
असार ५ काठमाडौं

चर्चित सारङ्गी बादक एवं गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको स्वरमा रहेको पन्चेबाजा गीत ‘मयालाई’ सार्वजनिक भएको छ ।

गीतको शब्द सृजना गीतकार राजकुमार बगरले गरेका हुन् । प्रेमा पुर्जाको संगीत, हेमन्त कान्छाकै संगीत संयोजन, श्यामश्वेत रसाइलीको मिकसिङ्ग मास्टरिङ्ग रहेकोे यस गीतको रेकर्डिङ गोविन्द अनेकले गरेका हुन भने रेकर्ड प्रिज्म स्टुडियोमा गरिएको हो ।

विशेषगरेर म्याग्दी र बाग्लुङ्ग जिल्लामा प्रचलित यस भाका गायिका पुर्जा र कान्छाले सहकार्य गरेर बजारमा लिएका हुन् ।

गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आइरहेको गायक, गायिका बताउँछन् ।

धौलागिरी क्षेत्रको मौलिक संस्कृतिको चिनारीका रुपमा रहिआएको मयालाई भाकाको संरक्षण र सम्बर्द्धन गर्ने हेतुले यस मयालाई भाकालाई रेकर्डिङ गरिएको गायक रसाइली र गायिका पुर्जाले बताए ।

गीतको म्युजिक भिडियोमा विजय पुन र शरिष्मा मगरको नृत्य देख्न सकिन्छ ।

निरन श्रेष्ठको कोरियोग्राफी, गायक हेमन्त कान्छाको निर्देशन, राम केसीको छायांकन तथा विकास ज्ञवालीको सम्पादनमा तयार पारिएको गीतको म्युजिक भिडियो प्रेमा पुर्जा युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्