फरकपोस्ट संवाददाताअसार ११ काठमाडौं
असार ११ काठमाडौं बहुचर्चित कलाकार गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार भएको छ ।
सांगीतिक कार्यक्रमका सिलसिलामा रोमानियामा रहेका गायक सपुतमाथि स्टेजमा प्रस्तुति दिइरहेकै बेला दर्शकबाट तर्फबाट आक्रमण भएको हो ।
गीत गाइरहेका बेला उनलाई एक दर्शकले बोतल प्रहार गर्दा उनको टाउकोमा (आँखा नजिकै) चोट लागेको छ ।
आइतबार राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको बताइएको छ ।
घटनापछि कार्यक्रम केहीबेर बिथोलिएको थियो । त्यसपछि फेरि सपुतले प्रस्तुति दिएका थिए ।
आयोजकले बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।