News Portal

अब किसानलाई मलको हाहाकार हुन दिदैनाैं : प्रधानमन्त्री प्रचण्ड

फरकपोस्ट संवाददाताअसार १३ काठमाडौं
४५८ पटक
असार १३ काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका लागि मलको हाहाकार हुन नदिने बताएका छन् ।

संसदमा उनले भने, ‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् । मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन ।’

साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चत भएको पनि उनले बताए । ‘यसबाहेक १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको छ,’ उनले भने ।

आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न ३० अर्ब रकम विनियोजन गरिएको उनले बताए । ‘देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छु,’ उनले भने । शिलापत्र

प्रतिकृया दिनुहोस्