News Portal

सल्यानमा बसमा करेन्ट लाग्दा बुबा छोराको मृत्यु, अन्य घाइते

फरकपोस्ट संवाददाताअसार २१
८३६ पटक
असार २१

दाङबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लागेर रोल्पा गंगादेव ४ का अन्दाजी ७२ वर्षीय कालुराम डाँगी र उनका छोरा अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको मृत्युु भएको छ ।

दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका डलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार बिहान करिब १० बजेतिर कपुरकोट गाउँपालिकाको चोरखोलामा करेन्ट लागेको हो ।

बसमा सवार गाडी धनी सल्यान लान्तीका महेन्द्र ओली गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

बिजुलीको पोलको सपोर्ङिको लागि जमिनमा गाडिएको सपोर्टिङ तार पहिरोले चुडिएर सडकमा लत्रिएको र त्यसबाट करेन्ट प्रवाह भई गाडीमा करेन्ट लागेको बुझिएको छ ।

बिजुलीको पोलको सपोर्ङिको लागि जमिनमा गाडिएको सपोर्टिङ तार पहिरोले चुडिएर सडकमा लत्रिएको र त्यसबाट करेन्ट प्रवाह भई गाडीमा करेन्ट लागेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्