
दशवर्षे जनयुद्धकाे क्रममा सहादत प्राप्त गरेका सहिदहरुको स्मृतीमा राेल्पामा सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे छ । जिल्लाकाे सुनिलस्मृती गाउँपालिका वडा नम्वर १ घोडा गाउँमा अवस्थित पर्यटकीय स्थल रातोमाटोमा उक्त सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे हाे ।
गाउँपालिका र वडा पालिकाकाे आर्थिक समन्वय रहेकाे यस प्रवेशद्वार कुल ५ लाख रूपैयाँ लागतमा निमार्ण भएकाे प्रवेशद्वार निमार्ण उपभाेक्ता समितिका संयाेजन भुप्रेन्द्र कुँवरले बताए ।
प्रवेशद्वारको दुबैतर्फ दुईवटा घोडा, हँसिया हथाैंडा अंकित चित्र संगै जनयुद्धकाे समयमा विद्रोही पक्षका तर्फबाट सहादत प्राप्त गरेका यस वडाका सहिदहरुकाे नाम समेत समावेश गरिएकाे छ ।
देश जनता र परिवर्तनका निम्ति आफ्नो ज्यानको आहुति दिने महान सहिदहरुको सम्झना र सम्मानमा सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे वडा अध्यक्ष पवन कुँवरले बताए ।
प्रवेशद्वामा कुनै पार्टी विशेषकाे चुनाव चिन्ह राखिनु र जनयुद्धमा विद्राेही पक्षका तर्फबाट सहादत प्राप्त गरेका सहिदहरुकाे मात्र नाम राख्दा राज्यका तर्फबाट सहादत प्राप्त गर्ने सहिदहरुको अपमान भएको भन्दै प्रश्न पनि उठिरहेको छ । तर अध्यक्ष कुँवरले यसको खण्डन गर्दै विरोध गर्नेहरू गरिरहन्छन् हामी त्यतातिर जादैनाैं आफ्नो काम गर्छौं, आगामी वर्षमै घोडागाउँ र खुग्री जोड्ने झोलुङ्गे पुल सम्पूर्ण सहिदहरुको सम्झनामा निमार्ण गरिने योजना रहेको बताए ।
सहिद स्मृति प्रवेशद्वार रोल्पाको हकमा नाैलो विषय नभएको अध्यक्ष कुँवरले बताए । यसअघि रोल्पाका विभिन्न पालिकाहरुमा कैयौं सहिद स्मृति प्रवेशद्वारहरु बनिसकेकाले यो नयाँ प्रयोग र कार्य होइन” हो त केवल सहिदहरुको सम्मान र सम्झनाका लागि बनाइएको उनले भने”