News Portal

लड्न लागेको भैंसीलाई काँध थाप्दा वडा सचिवको मृत्यु

फरकपोस्ट संवाददाताअसार २३ काठमाडौं
८९९ पटक
असार २३ काठमाडौं

भैँसीको जिउले च्यापिएर दैलेखको नारायण नगरपालिका–१० का वडासचिवको ज्यान गएको छ ।

वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको ज्यान गएको हो ।

गम्भीर घाइते भएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्