News Portal

पशुपतिनाथ मन्दिरमा आज क्षमापुजा गर्दै अध्यक्ष : ओली

फरकपोस्ट संवाददाताअसार २५ काठमाडौं
४९८ पटक
असार २५ काठमाडौं

नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्ने भएका छन् ।
तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिर पुगिसकेको ओली निकट स्रोतले बतायो ।

ओली दम्पतिले मन्दिरमा होमसहित विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोष स्रोतले जनाएको छ । ओली प्रधानमन्त्री रहँदा पशुपतिनाथमा सुनको जलहरी लगाइएकोमा त्यसमा विवाद भएपछि दुई साता अघि जलहरी निकालेर नापतौल गरिएको थियो । त्यस क्रममा पशुपतिनाथमा पूजामा बाधा आएको थियो ।

त्यसको प्रायश्चितका लागि ओलीले क्षमा पूजा गर्न लागिएको बुझिएको छ । ओलीले निजी खर्चमा विशेष पूजा गर्न लागेका हुन ।

प्रतिकृया दिनुहोस्