News Portal

पल शाह भन्छन्–निधारमा बलात्कारी ‘ हुँ’ लेखेर देश छोडौँ ? कि आत्मदाह गरौँ ?

फरकपोस्ट संवाददाताअसार २५ काठमाडौं
९६९ पटक
असार २५ काठमाडौं

अभिनेता पल शाहले आफूमाथि अझै ‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन् । एक टेलिभिजन अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार ‘सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन् ।

सोमबार राति फेसबुकबाट उनले भनेका छन्, “मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?”
पलले अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ ? भनेर प्रश्न गरेका छन् ।
“मलाई पल शाह बनाएको तपाईंहरूले हो । यस कारण म प्रश्न पनि तपाईंहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौ ? कसरी बोलौँ ? कसरी खाऊँ ? कसरी लाऊँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?,” उनले भनेका छन् ।

पल शाहको भन्छन् – निधारमा बलात्कारी ‘ हुँ’ लेखेर देश छाडौँ कि आत्मदाह गराैं ?

<>

प्रतिकृया दिनुहोस्