फरकपोस्ट संवाददाताअसार २६ काठमाडौं

भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ ।
सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताए ।
जेठा छोरा पनि उनीहरूसँगै बस्ने भए पनि अन्यत्र गएकाले बच्न सफल भएको वडाध्यक्ष खड्काले जानकारी दिए ।
केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीरपहिरोले जनधनको क्षति पुर्याएको छ ।