News Portal

सन्तान वियोगले अस्ताएकी सीता

गोविन्द अनेक असार २६ काठमाडौं
१५०७ पटक
असार २६ काठमाडौं

नेपालमा चलेको दशवर्षे लामो जनयुद्धमा एउटा कमाण्डरको जीवनसंगीनीको रुपमा होस या नेतृत्वको रुपमा पार्टी, आन्दोलनमा सक्रियतापूर्वक क्रियाशिल रहदै आएकी एक त्यस्तो पात्र हुन सीता दाहाल ।

माओवादी जनयुद्ध शान्तिप्रक्रियामा अवतरपछिको केही वर्ष उनका लागि सुखद भएतापनी त्यो लामो समय रहन सकेन । छोरी ज्ञानुको मृत्यु हुनु छोरी गुमाएको चार वर्ष नबित्दै फेरि छोरा प्रकाशलाई गुमाउनु पर्दाको पीडाबाट विक्षिप्तिएकी सीता बिस्तरामा थलिन पुगिन् । यसैकारण उनी पार्किन्सन्स लगायत दुर्लभ रोगको सिकार बन्ने अवस्थामा पुगिन् । यहाँ सम्मकी उनी राम्रोसित बोल्न सक्ने अवस्थामा समेत रहन सकिनीन् ।

लामो समय यसरी जुगारीरहेकी सीताको बुधवार बिहान कबिर साढे ८ बजे नर्भिक अस्पतालमा हर्ट अट्याक भएर निधन भएको उपचारमा संलग्न डाक्टरहरुले पुष्टि गरे ।

जनयुद्धकै मैदानमा होस् या शान्तिपूर्ण राजनीतिमा पति प्रचण्ड र पुत्र प्रकाशका हरेक गतिविधिमा सक्रियताका साथ उभिने गर्थिन उनी । सीताले पुत्र प्रकाशलाई कहिल्यै टाढा राख्न चाहादैन थिइन् । प्रकाश विना मगरसँग विवाह गरेर घर छोडी हिड्दाको समयमा समेत सीताले पति प्रचण्डलाई मनाएर छोरासँगै बुहारीको रूपमा विनालाई घरमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह समेत गरिन् ।

दाहाल दम्पतीका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको २०७० मा क्यान्सरबाट मृत्यु भएको थियो । त्यहीबाट सीता भावनात्मक रुपमा बजारिएकी थिइन् । २०७४ मङ्सिर ३ गते लाजिम्पाटमा रहेको डेराको घरमा सुतेको ठाउँमा छोरा प्रकाशको मृत्यु भयाे । छोरी गुमाउँदाको लागेको घाउमा खाटा नबस्दै छोरा पनि गुमाउँदा उनको मनमा गहिरो चोट बस्यो । त्यो चोटबाट उनी कहिल्यै उठ्न सकिनन् र अन्ततः त्यसकै कारण सदाका लागि विदा भएर गइन् ।

सीता थला परेको निकै लामो समय भइसकेको थियो । करिब एक वर्षअघि देखि शरीरमा चाल आउन बन्द भइसकृेको उनको पारिवारिक स्रोतले बताउँछन् ।

प्रचण्ड प्रधानमन्त्रीमा पुनः नियुक्त भएसंगै सीता पति दाहाल सँगैै उनी पनि बालुवाटार पुगिन् । त्यहाँ प्रचण्ड बस्ने कोठासँगै सीतालाई उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटरसँगै स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको थियो । उनको बोली बन्द भइसकेको थियो । बाेल्न चल्न सक्दैनन् थिइन् ।

नेपाली राजनीतिकाे मुख्य भूमिका रहेर एकदमै व्यस्त रहदासमेत पनि प्रचण्डले पत्नी सीताकाे लागि समय छुट्याउने गर्थे । आफूलाई समय हुँदा फुर्सद हुनासाथ सीतकाे समिपमा पुगेर जीवनसंगिनीकाे त्याे अवस्था देखेर भावुक हुने र टोलाइरहने गर्थें प्रचण्ड । प्रधानमन्त्री बनेर देशकाे कार्यभार सम्हाल्दा समेत प्रचण्डकाे मुहारमा खुसि थिएन । थियाे त केवल बेचैन र उदासिन्ता । उनको उदासीन्तालाई लाई लिएर राजनीति कोणबाट अनेक टिप्पणीकाे विषय समेत बनाइयाे ।

प्रचण्ड साथमा छाेरा प्रकाश नहुनु पत्नी सीता पनि बिस्तरामा थलिनुले उनकाे मनाेभावनामा निकै ठुलाे पीडा र चाेट पर्ने गरेकाे स्वंयम आफैले पटकपटक बताउने गर्थे ।

१५ वर्षको उमेरदेखिको पुष्पकमल र सीता सारथि

२०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीताको १५ वर्षकै कलिलाे उमेरमा प्रचण्डसँग विवाह भएको थियो। २०२६ सालमा प्रचण्डसँग वैवाहिक जीवनमा बाँधिइन् सीता ।  उनी २०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा आबद्ध भइन् । जिल्ला, क्षेत्र हुँदै उनी माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहदै जनयुद्ध भरिनै सक्रियरुपमा काम गरिन् । सीतालाई  पछिल्लो समय माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारकाे रुपमा राखेकाे थियाे ।

माओवादी जनयुद्धमा गए लगत्तै २०५२ बाटै उनी पनि भूमिगत भएकी थिइन्। शान्ति सम्झौता अगाडिसम्म उनी भूमिगत अवस्थामै रहिन्। उनीसँगै उनका सन्तानहरू पनि भूमिगत बसे। कोही भारतमा त कोही नेपालमै उनीहरूसँगै थिए।

जेठी छोरी ज्ञानुको क्यान्सरका कारण मृत्यु भयो । छोरा प्रकाश हृदयाघातका कारण बिते। छोरी रेनु दाहाल भरतपुर महानगरको मेयर छिन्। गङ्गा दाहाल प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव छिन्।

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि 

प्रधानमन्त्री पत्नी सीताकाे निधन भएपछि आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेर अन्तिम दाहसंस्कार गरिएकाे छ ।

स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिइएको थियोे । मन्त्रीपरिषद्ले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको थियो  थियाे ।

स्व.सीतालाई पति प्रचण्डसँगै छाेरी रेणु र गंगाले दागवत्ती दिएका थिए ।

सीताकाे निधनले मा‌‍ओवादी विचारधारमा आस्थावान नेता कार्यकर्ताहरुले पार्टीमा अपुरणीय क्षति पुग्नका साथै  एक असल नेतृत्व र अभिभावक गुमाएकाे बताएका छन् । जनयुद्धकाे नेतृत्वदायी भूमिकामा रहेर अहिलेसम्म पार्टी आन्दाेलन र क्रान्तिमा लागिरहेकी एक आमाकाे निधन भएकाे भन्दै समवेदना र श्रद्धाञ्जलीहरु सामाजिक सञ्जालभरी पाेखिएका छन् ।

प्रतिकृया दिनुहोस्