फरकपोस्ट संवाददाताअसार २७ काठमाडौं

रोल्पाको रुन्टीगढी गाउँपालिले आज शोक विदा दिएको छ । वुधवार मृत्यु भएका रुन्टीगढी गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष टंकवहादुर पुनको शोकमा गाउँपालिकाले आज शोक विदा दिएको हो ।
वडाध्यक्ष पुनको स्क्रवटाईफाईटका कारण मृत्यु भएको थियो । घरमा विरामी परेका वडाध्यक्ष पुन गाउँकै स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा भर्ना भएका थिए । प्रतिष्ठानमा उपचाररत पुनको वुधवार विहान मृत्यु भएको थियोे ।
वडाध्यक्ष पुनको मृत्युमा शोकमा गाउँपालिकाले आज गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र विद्यालयहरु वन्द रहने बताएको छ । नेपाली काँग्रेसवाट निर्वाचित ४१ वर्षिय वडाध्यक्ष पुन मंगलवार एक्कासी विरामी परेका थिए ।