News Portal

गुल्मीका झबिन्द्रले एनसिसि कतारको सह-कोषाध्यक्षमा उम्मेद्धवारी दिने

फरकपोस्ट संवाददाताअसार ३१ काठमाण्डाैं
६८ पटक
असार ३१ काठमाण्डाैं

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकाल २०२३-२०२५ को लागि समाजसेवी झबिन्द्र आचार्यले सह-कोषाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका सामाजिक अभियन्ता आचार्य बिभिन्न सामाजिक संस्थामा आबद्ध छन् ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापा हिलेमा जन्मेका आचार्यले कतारमा आफ्नो व्यवसाय गर्दै आएका छन् भने बचेको समयलाई समाज सेवामा समर्पित गर्दै आएका छन् ।

मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफू समाज सेवामा अगाडी बढेको बताए ।

लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका पुर्व अध्यक्ष समेत हुन । आचार्य कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन् ।

उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने बताए ।

साथै गैरआवासीय नेपाली संघका विभिन्न अभियानलाई पुर्णता दिन, थप उर्जा प्रदान गर्न र पछिल्लो चरणामा संघमा देखिएको विवादास्पद कोषलाई समाधान तथा मजबुत बनाउनको लागि पनि आफूले सह-कोषाध्यक्षमा उम्मेद्धवारी दिन लागेको आचार्यले जानकारी गराए ।

आफूले जितेको खण्डमा निश्चित रूपमा आफ्ना योजना अनुसार काम गर्नेछु भन्दै उनले भारीमतले विजयी गराउन कतारबासी सम्पुर्ण एनसिसि पार्सदहरुमा आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्