लोकप्रिय गायिका भूमिका गिरी र सुनिता बुढा क्षेत्रीको युगल आवाजमा मौलिक “उजेली जुनेली ” सार्वजनिक भएको छ ।
नेत्र अर्यालको शब्द, लोकप्रिय गायक संगीतकार खेम सेन्चुरीको संगीत सृजनामा रहेको यस गीतमा संगीत संयोजक सुदीप सागरले गरेका हुन । श्यामश्वेत रसाइलीले मिक्सिङ्ग गरेको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।
नेपाली हिन्दु नारीको महान पर्व हरितालिका तीजमा चेलीबेटीहरु नाच्ने, गाउने, रमाउने र वर्षदिनभरीको पिर व्यथा बिसाउने र मन भुलाउने गर्छन् । समय परिस्थितिले टाढ-टाढा बनेका साथीहरूलाई जोड्ने माध्यमकको रुपमा पनि तीज पर्वलाई लिने गरिन्छ । तीजमा भेटिएका साथीहरू एकअर्कामा मनको पिर व्यथा र सुखदुःख साटासाट गर्ने र मन हलुँगो बनाउने माध्यमको रुपमा पनि तीज पर्वलाई लिएको पाईन्छ ।
घरदेश र परदेश बस्ने दुई साथी तीजमा भेटघाट हुदा गरिएको संवाद गीतमा समावेश गरिएको छ । उजेली र जुनेली दुई पात्रको निमार्ण गरेर नेपाली समाजको वास्तविकता र यथार्थलाई उजागर गर्ने प्रयत्न गीतकारले गरेका छन् ।
स्मृति तिलिल्सीना गुरुआमाको निर्देशन, राजेश घिमिरेको छायांकन, नवीन घर्तीमगरको सम्पादनमा म्युजिक भिडियो तयार गरिएको छ । म्युजिक भिडियोमा गायिका भुमिका संगै पुजन घिमिरे र दीप सागरको नृत्य रहेको छ ।
सार्वजनिक भएको छोटो समयमै गीतले राम्रो चर्चा बटुली रहेको छ ।
म्युजिक भिडियो भूमिका गिरीकै आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।