News Portal

तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

फरकपोस्ट संवाददातासाउन ५ काठमाण्डाैं
११०० पटक
साउन ५ काठमाण्डाैं

दाङ तुलसीपुरको नयाँ बसपार्कमा ७३ वर्षीया वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।

गएराति करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक  वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले बताए ।

प्रतिकृया दिनुहोस्