
यतिबेला माओवादी केन्द्रले देशै भरी जनता सङ्ग माओवादी,विशेष रुपान्तरण कार्यक्रम संचालन गरिरहेको छ,सोही क्रममा प्युठान को प्युठान नगरपालिका – ७ कमिटीको पार्टीले लिएको ” जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान ” भब्यताका साथ सफल पार्ने गरि तयारी बैठक सप्पन्न भएको छ।
नेकपा ( माओवादी केन्द्र ) प्युठान नगरकमिटीको बैठक मार्फत पदाधिकारीहरुले एक वार्डको इन्चार्ज/ संयोजनको जिम्मेवारी दिएर प्रतिनिधि हरुलाइ वडावडामा खटाएको छ,वडा नम्बर ७ मा प्युठान नगर प्रबता था वडा नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले रुपान्तरण अभियान सहजीकरण गरिरल्ह्नु भएको छ।
रुपान्तरण कार्यक्रम मा बोल्दै श्रेष्ठले भने प्युठान नगरभित्रको पार्टीको कमजोर तथा जोखिम वार्डका रुपमा लिदै आएको यो वार्डले नया संकल्प र प्रतिबद्धताका साथ अगाडी बढेको छ। मलाइ पार्टी र साथीहरु प्रति पुर्ण बिश्वास छ – कि यो ३ महिले महाअभियानले ७ नम्बरमा नया अध्याय र श्रृङखला पुरा गरि जनताको पार्टी माओवादी नै हो भन्ने आधार तयार रहनेछ।