News Portal

काठमाडौं महानगर- १६ का वडाध्यक्ष रिजालको निधन

फरकपोस्ट संवाददाताभदाै २१ काठमाण्डाैं
१२९० पटक
भदाै २१ काठमाण्डाैं

काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको नेपाली कांग्रेसका नेता सुशील भट्टले बताए ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) भएका कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा. विनोद विजुक्छेले बताएका छन् ।

रिजाल गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । रिजाल कांग्रेस काठमाडौं- ७ का क्षेत्रीय सभापति समेत हुन् ।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्