News Portal

रोल्पा थबाङ गाउँपालिका -१ कि २० वर्षिय मिङकल सुनारकाे जापानमा मृत्यु

गन बहादुर बिक असाेज ७ प्युठान
२७९ पटक
असाेज ७ प्युठान

रोल्पा थबाङ गाउँपालिका -१ कि २० वर्षिय मिङकल सुनारकाे जापानमा मृत्यु भएको राेल्पा समाज जापानले जनाएको छ। उनकाे गत भदौ १० गते निधन भएको र आज जापानमै अन्तिम दाहसंस्कार गरिने समाजका सचिव रुपचन्द्र केसीले बताए ।

उनी जापानको राजधानी टाेकियाे स्थित जापानीज भाषा स्कुलमा अध्यनरत थिइन। उनकाे अन्तिम श्रद्धाञ्जलीका लागि दुई दिन अघि टाेकियाे स्थित taito-ku negishi 5-18-5 क्षेत्रमा एक घण्टा राखिएको र आज स्थानीय समय दिउँसो ३ बजे toda sosaijo tokiyo, itabashi-ku funado 4-15-1 क्षेत्रमा अन्तिम दाहसंस्कार गरिने केसीले बताए ।

उनकाे निधन झन्डै एक महिना अघि भए पनि उनकाे परिवार शव बुझन जापनमै जाने भनेपछि परिवार जापान जानकाे लागि प्रक्रिया गर्दा अहिलेसम्म ढिला भएको र परिवार दुई दिन अघि जापान पुगेर अन्तिम श्रद्धाञ्जली दिएपछि आज दाहसंस्कार गरिने समाजका सचिव केसीले बताए। उनी आफ्नाे काेठामै मृत भेटिइएकि थिइन ।

प्रतिकृया दिनुहोस्