News Portal

हाम्रो पार्टीले संघियताको रक्षा गर्नेछ:अध्यक्ष नेपाल

फरकपोस्ट संवाददाताअसोज ८ प्यूठान
१७९ पटक
असोज ८ प्यूठान

असोज ८ प्यूठान।नेपाल कम्युनिस्ट पार्टी(एकीकृत सनाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा र कार्यान्वयन गर्नु सबैको दायित्व रहेको बताउनुभएको छ।सोमबार नेकपा(एकीकृत समाजवादी)जिल्ला कमिटी प्यूठानले आयोजना गरेको बैठकको उद्घाटन गर्दै नेपालले यस्तो बताउनुभएको हो ।जनताको त्याग र बलिदानी पछि प्राप्त भएको संविधानको रक्षा र कार्यान्वयनमा एक्यवद्धता हुनका लागि सम्पूर्ण दलहरु एकजुट हुनुपर्ने जनाउनुभयो ।

पूर्वप्रधानमन्त्री एवम् हाल समाजवादी मोर्चाका अध्यक्ष रहेका नेपालले अहिलेको सरकारले सुशासनको पक्षमा काम गरिरहेको र यसको समर्थन पाँचै वर्ष हुने बताउनुभयो।नेपालले यो गठबन्धन सरकार ५ वर्ष नै टिक्ने दाबिसमेत गर्नुभएको छ।नेपालले प्यूठान जिल्लामा रहेका धार्मिक एवम् पर्यटकिय स्थलहरुको प्रवर्द्धन र संरक्षण,गुणस्तरिय शिक्षाको स्तरोन्नति,लघुजलबिधुत आयोजना लगायत उर्जाको प्रयोगमा जुट्नुपर्ने जनाउनुभयो ।

नेपालले भन्नुभयो “हाम्रो पार्टीले संघीयताको रक्षा गर्नेछ ।
प्यूठान जिल्ला क्रान्तिकारी एवम् कम्युनिस्टहरुको गढ रहेको जनाउँदै आफूहरु मेची महाकाली यात्रामा रहेको बताउनुभयो।साथै हिजोका दिनमा भएका कमजोरीहरुलाई सुधार गर्दै लैजान समेत आफ्ना नेताहरुलाई आव्हान गर्नुभएको छ ।

कार्यक्रममा युवा संघ नेपाल प्यूठानको दोस्रो अधिवेशन समेत रहेको थियो ।अधिवेशनबाट अध्यक्षमा कमल घर्ती मगर सहितको टिम निर्वाचित भएका छन ।त्यस्तै ४ सय जना बढी पार्टी प्रवेश गरेको नेकपा(एकीकृत समाजवादी)प्यूठानका अध्यक्ष भोजबिक्रम बुढामगरले हामिलाई बताउनुभयो।

प्रतिकृया दिनुहोस्