News Portal

तरुणदल प्युठानकाे नेतृत्व राेयल कृष्ण लाई-FarakPost

गन बहादुर बिक असार १० प्युठान
१९९ पटक
असार १० प्युठान

नेपाल तरुणदल प्युठानकाे नेतृत्व राेयल कृष्ण लाई।
नेपाल तरुणदल प्युठानकाे अध्यक्ष हालसम्म समाल्दै आएका सनत श्रेष्ठले तरुणदलकाे बिधान भित्र रहि जिम्मेवारी राेयल कृष्णलाई सुम्पिएकाे बताएका छन।

श्रेष्ठले नेपाली काङ्ग्रेसको नीति ,बिचार र शिद्वान्तलाई युवाहरुकाे माझ पुराएर जिल्लामा नेपाल तरुणदलकाे शसक्त भुमिका निर्माण गरी सम्पुर्ण जिम्मेवारी समाल्न राेयल कृष्णलाई कार्यबाहक अध्यक्ष पदकाे जिम्मा दिएकाे बताए।

नेपाल तरुणदलका उपाध्यक्ष रहेका कृष्णले जिम्मेवारी समाल्दै अबका दिनमा युवालाई एक ढिक्का बनाएर लैजाने ,युवाहरुलाई ब्यबसायिक बन्न प्रेरणादिने,पार्टिभित्र देखिएकाे मतभेतलाई तरुण युवाहरुले हटाउने,अन्य संगठनसंग सहकार्य गरि बिकास निर्माण तथा सामाजिक कार्यमा अग्रसर हुने,आगमि २०८४ सालमा हुने सबै खाले निर्बाचनमा नेपाली काङ्ग्रेस लाई बिजय बनाउन जिल्लाका नाै वटै स्थानिय तहमा तरुणदल पुनरगठन गरि ससक्त बनाउन निरन्तर लाग्ने बताएका छन।

कृष्णले पार्टिका जिम्मेवारी नेता तथा माननीय सांसद सराेज थापाले युवाहरुलाई एक ढिक्का बनाएर पार्टी बलियाे बनाउन दिएका सुझाब ,र सरसल्लाह गरि निरन्तर अगाडि बढ्ने बताएका छन।।

प्रतिकृया दिनुहोस्