News Portal

प्यूठानको सारीमा बस्ती स्तरमै सम्पत्ति कर सङ्कलन

झईन्द्र भण्डारी असोज १० प्यूठान
५०० पटक
असोज १० प्यूठान

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बस्ती स्तरमै पुगेर कर सङ्कलन गर्ने र कर सम्बन्धित शिक्षा र जनचेतना दिने गरेको छ ।
जसले लामो समयसम्म कर नतिर्दा धेरै जरिवानामा पर्ने, स्थानीय तह स्थापना भएपछि पनि थुप्रै कर नतिरेका र कर सम्बन्धि नबुझेका नागरिकहरूलाई यस सम्बन्धि ज्ञान र कर नतिर्दा हुने दीर्घकालीन असर र समयमै कर तिरेपछि हुने लाभ आदि सम्बन्धि जनताहरूलाई बुझाउदै बस्ती स्तरमै कर सङ्कलन कार्यको थालनी गरेको वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जानकारी दिनु भयो ।

बस्ती स्तरमा कार्यक्रम लिएर जादा पालिकामा अहिलेसम्म दर्ता नै नभएका धेरै कर तिर्नुपर्ने सम्पत्तिलाई औपचारिकता सहित दायरामा ल्याइएको पनि वडा अध्यक्षले बताउनु भयो । घर्तीका अनुसार यस्तो भेटिएपछि गाउँबाटै दर्ता गर्ने काम पनि भइरहेको छ।
असोजभित्र कर तिर्दा ५% छुट समेत हुने र अहिले कर बढाईएको पनि छैन वडा अध्यक्ष घर्तीले भन्नुभयो ।

यो कार्यक्रमले समयमै कर तिर्दा जरिवाना पनि नपर्ने र कर तिर्दा सम्पत्ति सुरक्षीत र औपचारिकता पाएको सर्वसाधारणले बताएका छन । वडाका बस्तीहरूमा असोजभित्र कर तिर्दा छुट समेत हुने जानकारी समेत गराइएको छ।
साविकको सारी गाविस वडा नं ७,८,९ र सारीकोटका माथिल्लो बस्तीलाई समेट्दै कार्यक्रम सुरुवात गरिएको हो।

यस्तै पहिले पनि वडा नम्बर ५ ले राष्ट्रिय परिचयपत्र बनाउने काम समेत बस्ति स्तरमै गई जनतालाई सहज बनाएको थियो । यो खालको कार्यले जनतालाइ धेरै सहज भएको छ ।

प्रतिकृया दिनुहोस्