News Portal

इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते, दुई जनाको अवस्था गम्भीर

फरकपोस्ट संवाददाताअसोज २० काठमाडौँ
३१४ पटक
असोज २० काठमाडौँ

काठमाण्डौँ – प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलको नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ ।

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको उल्लेख गरेको छ । दूतावासले स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र सुरक्षा उपायहरू पालना गर्न अनुरोध गरेको छ ।

नेपाल सरकारले इजरायलमा आज भएको आतंकवादी हमलाको घोर भत्सर्ना गरेको छ । इजरायलका नागरिक र सरकारका साथै यस निर्मम हमलाका पीडितहरू साथै उनीहरूका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरिएको मन्त्रालयले जनाएको छ ।

हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या ४० जना पुगेको इजरायली अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । इजरायलमा सात सय ५० जना भन्दा धेरै घाइते भएका छन् । यस्तै इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा एक सय ९८ जना मारिएका र एक हजार जना भन्दा धेरै घाइते भएका इजरायली सेनाले दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्