News Portal

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि

फरकपोस्ट संवाददाताअसोज २१ काठमाडौँ
३२६ पटक
असोज २१ काठमाडौँ

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

इजरायल स्थित नेपाली राजदूत कान्ता रिजालले बताए अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेश कुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेश राज विष्ट, सपही–६, धनुषाका आनन्द शाह र मधुवान–१, सुनसरीका राजेश कुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ।

शारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङ्गका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धन बहादुर चौधरी उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिवेणी–१ सल्यानका प्रमोद के.सी. फार्म हाउस मालिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

राजदूत रिजालका अनुसार , ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइ रहेका छौं । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडो भन्दा चाँडो उद्दार गर्न प्रयासरत छौं ।’

प्रतिकृया दिनुहोस्