News Portal

घाइते अभिनेता घिमिरेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

फरकपोस्ट संवाददाताकार्तिक १० काठमाडौं
१७८२ पटक
कार्तिक १० काठमाडौं

अभिनेता प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । भिरबाट लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

“प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । अनुप बराल पोखरामै रहेकाले उहाँले हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिरहनु भएको छ,” अभिनेता खगेन्द्र लामिछानेले भने ।

गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए ।  उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्