News Portal

प्युठान न.पा ५ को वडा कप आज बाट सन्चालन

गन बहादुर बि.क कार्तिक १८ प्युठान
११११ पटक
कार्तिक १८ प्युठान

प्युठानको प्युठान नगरपालिका ५ जुम्रीकाडाले आज वाट वडा कप पुरुष तथा महिला भलिबल सन्चालनमा ल्याएको छ।
आज वडा अध्यक्ष नन्दराम पुन मगरको अध्यक्षतामा वडा कपको उदघाटन गरिएको हो,कार्यक्रम को प्रमुख अतिथि प्युठान नगरपालिका प्रमुख बिस्णु योगि विशिष्ट अतिथि निवर्तमान वडा अध्यक्ष लछुमन भण्डारी र पुर्ब गाबिस अध्यक्ष पिमे राना रहनुभएको थियो।

उदघाटन कार्यममा बोल्दै नगर प्रमुख बिस्णु योगिले भन्नुभयो अब देश हाक्ने भनेकै युवाले हो त्यसकारण सम्पुर्ण युवाहरु खेलकुद सङ्गै अन्य क्षेत्रमा पनि दखल राख्न आग्रह गर्नुभएको थियो त्यस्तै उहाले अब आउने रनिङ सिल्डमा वडा नम्बर ५ ले सिल्ड जित्ने गरि सहभागी जनाउन समेत उहाले सम्पुर्ण खेलाडी हरुलाइ अपिल गर्नुभएको हो।

वडा अध्यक्ष नन्दराम पुन मगर ले भने हामिले युवाहरुको मागलाइ सम्बोधन गर्दै आफ्नो कार्यकाल भरी यस्ता खाले कार्यक्रम को आयोजना गर्ने बताउनु भएको छ।

कार्तिक १८ गते देखि सुरु भएको खेलमा कुल २४ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्