News Portal

लोकप्रिय गायक हेमन्त शर्माको ‘निरजाले’ लाई करोड भ्युज

फरकपोस्ट संवाददातामंसिर १२ काठमाडौं
८५१ पटक
मंसिर १२ काठमाडौं

लोकप्रिय गायक हेमन्त शर्माको दसैंअघि सार्वजनिक भएको गीत ‘निरजाले’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ । गीतलाई युट्युवमा दर्शकले करोड पटक हेरेेका छन् ।

करोड भ्युज पाएसँगै शर्माले गीतसँग जोडिएका सबैलाई धन्यबाद दिएका छन् गीतमा गायनमा गायक शर्मालाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । गायक शर्मालेनै संगीत भरेको गीतको शब्द एकनारायण भण्डारीले लेखेका हुन् ।

गीतमा श्यामस्वेत रसाइलीको संगीत संयोजन रहेको छ ।
गीतको भिडिओमा काटुन क्रुजका आश्मा विश्वकर्मा र सुनिल क्षेत्रीले अभिनय गरेका छन्।

आश्मा र सुनिलले यहि गीतको म्यूजिक भिडिओमा पहिलो पटक जोडीका रुपमा काम गरेका थिए। भिडिओमा कोरियोग्राफी तथा निर्देशन सुनिल आफैँले गरेका हुन् भने अमृत चापागाईंको सम्पादन र नवराज उप्रेतीको छायांकन रहेको छ ।

प्रतिकृया दिनुहोस्