News Portal

कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्युु, ३० जना घाइते

फरकपोस्ट संवाददाताफागुन ०३ काठमाडौं
१३८१ पटक
फागुन ०३ काठमाडौं

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा  कम्तीमा ३० जना घाइते भएका छन् ।

दुर्घटनामा परेर मृत्युु भएका मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो ।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको  छ । अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्