फरकपोस्ट संवाददाताबैशाख १६ काठमाडौँ

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगर मार्फत् नि:शुल्क उपचार हुने बताउनु भएको छ ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत् लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाण्डौ महानगर आउन अनुरोध गर्नुभएको हो ।
महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया नि:शुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उहाँले बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुने बताउनु भएको छ ।