News Portal

दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतार विरुद्ध ६ बलमा ६ छक्का

फरकपोस्ट संवाददाताबैशाख १ काठमाडौँ
१४२ पटक
बैशाख १ काठमाडौँ

एसीसी प्रिमियर कप अन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो ।

दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले । उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काएका थिए । उनी यो उपलब्धि हासिल गर्ने सीमित खेलाडीहरुको सूचीमा परेका छन् । उनले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए ।

नेपालका लागि ओपनर आसिफ शेखले ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का हिर्काए ।

त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए । कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३–३ विकेट लिए ।

यस अघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

प्रतिकृया दिनुहोस्