
अभिनेत्री एवं लाेकप्रिय डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमालकाे सफल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमाल आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट पुष्टि गरेका छन् ।
एलिट एक्सिपीडिसन चर्चित आरोही निर्मल पूर्जाको कम्पनी हो । यसअघि कविताले गतसाता नै सगरमाथाको क्याम्प २ को फोटो आफ्नाे सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

आराेह गर्दैगर्दाकाे तस्वीर
कवितासहितका अन्य आरोहीले ८८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा र ८५१६ मिटर उचाइको ल्होत्से आरोहण गरेका छन् । गतसातादेखि वसन्तकालिन आरोहण सुरु भएको छ । आइतबार कवितासहित ९ जना विदेशी एकैसाथ सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए ।
साहसिक गतिविधिमा रुचि राख्ने कविता लाेकप्रिय डान्सर हुन् । उनको डेब्यु फिल्म ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलअन्तर्गतको कान्स मार्केटमा सहभागी छ ।
यसअघि अभिनेत्रीद्वय निशा अधिकारी र दीया पुनले पनि सगरमाथाकाे सफल आरोहण गरिसकेका छन् ।