गायक एवं माेडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ लाई युट्युबमा १० करोड पटक हेरिएको छ।
रिलिज हुनासाथ चर्चामा आएको यो गीतले ५ महिनाको छोटो समयमै १ सय मिलियन भ्युज पाएको हो। रिलिजको केही समयपछि युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको यो गीतबाट दुर्गेश थापा फेरि एकाएक चर्चामा रहदै आएका छन् ।
यो गीतमा दुर्गेशको आफ्नै शब्द तथा संगीत छ । गायनमा दुर्गेशसँगै दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानको समेत स्वर रहेकाे । आनन्द कार्कीले पनि यसमा स्वर दिएका छन् ।
भिडिओमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
युट्युबमा १० करोड भ्युज पुग्दा झण्डै २० हजारले प्रतिक्रिया दिएका छन् भने ६ लाख ५४ हजारले लाइक पनि गरेका छन ।
’दुश्मन हेरेको हेर्यै’ ले लोभलाग्दो चर्चा पाएसँगै दुर्गेश स्टेज कार्यक्रममा सर्वाधिक व्यस्त बनिरहेका छन् ।
६ महिना नपुग्दै १० करोड भ्युज पाउने ‘दुश्मन हेरेको हेर्यै’ दोस्रो गीत हो। यसअघि ‘रूकुम मैकोट’ गीतले ६ महिना नपुग्दै १० करोड भ्युज पाएको थियो ।