News Portal

माडी गाउँपालिकाले तेस्रो सन्तान जन्माउने दम्पतिलाई ५० हजार नगद दिने

निरज बि.ककास्की १८ असार
१४९ पटक
कास्की १८ असार

कास्की जिल्लाको माडी गाउँपालिकाले आर्थिक वर्षको बजेटमा तेस्रो  सन्तान जन्माउने दम्पतिलाई ५० हजार नगद प्रोत्साहन स्वरूप दिने भएको छ ।

माडी गाउँपालिकामा घड्डो जनसङ्ख्यालाई मध्यनजर गर्दै यसले पर्न गएको ऋणात्मक जनसङ्ख्या वृद्धिदरलाई सन्तुलन गर्न यस्तो निर्णय गरिएको छ। वडा अध्यक्षको सिफारिसमा बैंकमा बच्चाको खाता खुलाइनेछ। उक्त खातामा वडाबाट ५० हजार रूपैयाँ जम्मा गरिदिनेछ। त्यो रकम जन्मेको शिशु बालिक भएपछि निकाल्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै दलित समुदायबाट अधिकांश किशोरीहरूले उमेर नपुगी विवाह गर्ने प्रचलन नहटेकोले २० वर्ष पूरा भई बिहे गरेमा दलित समुदायका युवतीहरूले १५ हजार नगद प्रोसन्स स्वरूप दिइने पालिकाले निर्णय गरेको छ।

जसले गर्दा दलित समुदायमा हुने बालविवाह रोक्न यसले केही हदसम्म भूमिका खेल्ने पालिकाको उपाध्यक्ष गुरुङको भनाइ छ। आगामी आर्थिक वर्ष २०८२ /८३ को बजेट सार्वजनिक गर्दै यो निर्णय गरिएको थियो।

प्रतिकृया दिनुहोस्