News Portal

विप्लव नेकपा निकट दलित मुक्तिमाेर्चाकाे अध्यक्षमा रामलाल विश्‍वकर्मा चयन

फरकपोस्ट संवाददाताकार्तिक ३० काठमाण्डाैं
९६३ पटक
कार्तिक ३० काठमाण्डाैं

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दलित मुक्तिमोर्चा नेपालको अध्यक्षमा रामलाल विश्वकर्मा चयन भएका छन ्। धनगढीमा सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट विश्वकर्मालाई अध्यक्षमा चयन गरिएको हो ।

रामलाल विश्वकर्माको अध्यक्षतामा निर्वाचित समितिको उपाध्यक्षमा जितेन्द्रमान महरा, महासचिव त्रिलोचन विश्वकर्मा, सचिव उमेश सिके, रामकुमार पासवान, कोषाध्यक्ष जानकी बराल रहेका छन् ।

सम्मेलनले सङ्गठनको नाम परिवर्तन गर्दै ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ राख्ने निर्णय गरेको छ । काम र श्रमका आधारमा राखिएको जात व्यवस्थाले विभेद र असमनता बढाएको निष्कर्षसहित श्रमिक वर्ग र समुदायको भाव झल्किने खालको नाम राख्ने निष्कर्ष गरिको अध्यक्ष रामलाल विश्वकर्माले बताएका छन ।

सम्मेलन कात्तिक २९ देखि २९ धनगढीमा सम्पन्न भएको हो । सम्मेलनमा नेकपाका महासचिव विप्लवसहितका शीर्ष अन्य केन्द्रीय नेताहरुको सभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्