News Portal

देशको नेतृत्व पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुरेर देखाउछु’ रवि लामिछाने

फरकपोस्ट संवाददातासाउन १६ काठमाडौं
४५० पटक
साउन १६ काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि देश दौडाहा अभियानमा व्यस्त रहेका पार्टी संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा बोल्दै लामिछानेलेे यस्तो ठोकुवा गरेका हुन् ।

सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले अब आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने उनको दाबी छ । आफू जहाँ रहन्छु त्यहा भएका अन्याय, बेथितिविरुद्ध बोलिरहन्छु,’ उनले भने । आफूबाट देशलाई बिगार्ने काम नहुने प्रतिबद्धता समेत जनाए । लामिछानेले देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था र जीवनस्तरमा आमूल परिवर्तन गर्ने बताए ।

त्यस्तै उनले सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउन समेत बताए । अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर, हजारौँ युवाका लागि नबोलेको दुख लागेको भन्दै अब आफुले त्यस तर्फ ध्यान दिने बताए ।

प्रतिकृया दिनुहोस्